Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मौसम बदली थप लम्बिने

मौसम बदली थप लम्बिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७८ शनिवार • ०८:३१:२८ बजे
  • 1.2K
    SHARES
  • मौसम बदली  थप लम्बिने

    नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ ।

    images

    यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिएको छ । यस अवधिमा तापक्रम थप गिरावट हुने, चिसो बढ्ने र हिमपातबाट हुने समस्या थपिने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

    हाल कायम रहेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर अवस्थामा रहेको छ तर शनिबार बिहानदेखि पश्चिम नेपालबाट थप अर्को प्रणाली प्रवेश गर्न लागेकाले मौसम बदली बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हालको प्रणाली शनिबारदेखि बाहिरिने भनिए पनि थपिएको जलवाष्पका कारण अझ बलियो बन्न पुगेको महाशाखाले जनाएको छ ।

    जसका कारण शनिबार, आइतबार र सोमबारसम्म नै यस प्रणालीले देशव्यापी प्रभाव पार्ने सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन जारी गरी जनाएको छ ।

    यस प्रणालीको बढी प्रभाव देशको सुदूूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा हुँदा पूर्ण बदली रहने र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।

    बढी प्रभाव पर्ने स्थानका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेछ । ती प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

    बागमती, प्रदेश १, मधेस प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा पनि हल्का वर्षा हुने अनुमान गरिएको छ । मङ्गलबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै क्रमिक सुधार हुने महाशाखाले उल्लेख गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # मौसम बदली थप लम्बिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology