Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिंहदरबार कोरोनाको हटस्पट ४० प्रतिशत कर्मचारी संक्रमित

सिंहदरबार कोरोनाको हटस्पट ४० प्रतिशत कर्मचारी संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७८ शनिवार • ०८:३९:०२ बजे
  • 1.0K
    SHARES
  • सिंहदरबार कोरोनाको हटस्पट ४० प्रतिशत कर्मचारी संक्रमित

    मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हट स्पट बनेको छ ।

    images

    सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशतमा कोरोना संक्रमण भएको अनुमान गरिएको बताए 

    पीसीआर गरेका कर्मचारीको रिपोर्टका आधारमा यो अनुमान गरिएको उनको भनाइ छ ।

    पीसीआर नगरेका कर्मचारीसमेत जोड्दा आधाजति कर्मचारीमा कोरोना संक्रमण भएको हुन सक्ने उनको भनाइ छ ।

    सिंहदरबारभित्र करिब ५ हजार कर्मचारी कार्यरत छन् । त्यहाँ प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालय छन् ।

    त्यसै गरी राष्ट्रिय योजना आयोय, वित्त आयोग, नेपाल टेलिभिजन लगायत करिब ३० वटा कार्यालय छन् ।

    समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # कर्मचारी संक्रमित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology