एजेन्सी । यमनको उत्तरी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको आक्रमणमा कम्तिमा ७० जनाको निधन भएको छ ।
हुथी विद्रोहीको गढ मानिने सादास्थित अस्थायी बन्दी गृहमा गरिएको हवाई आक्रमणमा ७० जनाको निधन भएको हो ।
आक्रमणमा २ सय भन्दा बढी घाईते भएका छन् । गत सोमबार हुथी विद्रोहीले साउदी अरबमा गरेको आक्रमणको बदलामा गठबन्धन सेनाले शुक्रबार आक्रमण गरेको बीबीसीले जनाएको छ ।
हुथी विद्रोहीले गत सोमबार ड्रोन र मिसाइल आक्रमण गर्दा तीन जनाको निधन भएको थियो ।
संयुक्त राष्ट्र संघले गठन्धन सेनाले गरेको हवाई आक्रमणको निन्दा गरेको छ । महासचिव एन्टोनियो गुटेरेसले आक्रमण रोक्न र आक्रमणको छानबिन गर्न आह्वान गरेका छन् ।
सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका हुथी विद्रोही लक्षित कारवाही चलाइरहेको छ । संघर्षका कारण बालबालिकासहित दशौं हजार मानिस मारिएका र घाइते भएका छन ।
लाखौं विस्थापित भएका छन् । संघर्षका कारण अधिकांश मानिस भोकमरीको चपेटामा परेका छन् ।