Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना अहिलेसम्मकै उच्च, सबैभन्दा बढी सङ्क्रमित २१ देखि ३० वर्ष उमेर समूहका,थप १६ जनाको मृत्यु

कोरोना अहिलेसम्मकै उच्च, सबैभन्दा बढी सङ्क्रमित २१ देखि ३० वर्ष उमेर समूहका,थप १६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७८ शनिवार • २०:३३:२५ बजे
  • 1.1K
    SHARES
  • कोरोना अहिलेसम्मकै उच्च, सबैभन्दा बढी सङ्क्रमित २१ देखि ३० वर्ष उमेर समूहका,थप १६ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा पीसीआर विधिबाट गरिने परीक्षणमा सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

    images

    कोरोनाको तेस्रो लहर सुरु भए यताकै यो सबैभन्दा उच्च सङ्क्रमण दर हो । शुक्रबार पीसीआर विधिबाट सङ्क्रमण दर ४६.३ प्रतिशत थियो । देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट भने सङ्क्रमण दर ४२.२ प्रतिशतबाट घटेर ३५.७ प्रतिशत पुगेको छ । समग्रमा सङ्क्रमण दर ४६.३ प्रतिशत छ । नयाँ सङ्क्रमितहरू मध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् ।

    यो उमेर समूहबाट २ हजार ८७० जना सङ्क्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० उमेर समूहबाट २ हजार २४४ जना सङ्क्रमित छन् । १० वर्षभन्दा कमका १ सय ४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा सबैभन्दा बढी ३ हजार ७६३ जना सङ्क्रमित थपिएका छन् ।

    त्यसपछि ललितपुरमा १ हजार ११० तथा भक्तपुरमा ४३४ जना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा मोरङमा २७३, मधेस प्रदेशमा सप्तरीमा ५५ जना र गण्डकीमा कास्कीमा ४ सयजना सङ्क्रमित थपिएका छन् ।

    ५ सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

    हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् । नेपालमा प्रति दश लाख जनसङ्ख्या ३८३.५ जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ । यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

    निको हुने दर घटेर ९०.७ प्रतिशत पुगेको छ । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म १ करोड ६२ लाख ४२ हजार ४५६ जनाले पहिलो मात्रा, १ करोड २८ लाख ७० हजार ८६७ जनाले पूर्ण मात्र र १ लाख ४२ हजार ५८९ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # थप १६ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology