Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभरको मौसम:वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम:वर्षा र हिमपातको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७८ आइतवार • ०८:२३:३२ बजे
  • 1.2K
    SHARES
  • देशभरको मौसम:वर्षा र हिमपातको सम्भावना

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ ।

    images

    आज बिहान सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने महाशाखाले जानकारी दिएको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

    त्यस्तै सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # हिमपातको सम्भावना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology