Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसईई परीक्षा बैशाखमा, तयारीमा जुट्न बोर्डको आग्रह

एसईई परीक्षा बैशाखमा, तयारीमा जुट्न बोर्डको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७८ आइतवार • ०८:२६:०० बजे
  • 964
    SHARES
  • एसईई परीक्षा बैशाखमा, तयारीमा जुट्न बोर्डको आग्रह

    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो वैशाख महिनामा सञ्चालन हुने भएको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा बैशाखमा हुने पुष्टि गरेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी वैशाखको सुरुबाटै मा परीक्षा सञ्चालन हुने बताए । त्यसका लागि परीक्षा तालिका केही दिनमा सार्वजनिक गरिने उनले जानकारी दिए ।

    उनले भने, “परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा रहनु पर्दैन, परीक्षा हुन्छ । विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ ।”

    उनले वैशाख महिनामा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने बताए ।

    माघको पहिलो साता बितिसक्दा समेत एसईई परीक्षाको टुंगो नलाग्नु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राख्दा विद्यार्थी, शिक्षक तथा अभिभावकहरु एसईई परीक्षा हुने वा नहुने भन्ने विषयमा तनावमा थिए ।

  • सम्बन्धित विषय:

  • # एसईई परीक्षा बैशाखमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology