Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै ,१७ सय सुरक्षाकर्मी सङ्क्रमित

सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै ,१७ सय सुरक्षाकर्मी सङ्क्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७८ आइतवार • ०८:३५:३५ बजे
  • 1.7K
    SHARES
  • सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै ,१७ सय सुरक्षाकर्मी सङ्क्रमित

    कोरोना भाइरस (कोभिड–१९) को चौतर्फी सङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।

    images

    कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये एक हजार ७२१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको काममा सुरक्षाकर्मीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिँदै आएका छन् ।

    चारवटा सुरक्षा निकायमध्ये पहिलो पङ्क्तिमा खटिने नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मीमा सबैभन्दा बढी ९५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार सङ्क्रमितमध्ये ६० जनालाई विभिन्न अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीले कोरोना सङ्क्रमितको सङ्ख्या बढेको र सङ्क्रमितहरूमा जटिल स्वास्थ्य समस्या भने नदेखिएको जानकारी दिनुभयो ।

    नेपाली सेनामा कार्यरतमध्ये ४१० जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ४० जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य सङ्क्रमितलाई आइसोलेसनमा राखिएको छ ।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सङ्क्रमितमध्ये आठ जनालाई ‘हाई डिपेन्डेन्सी युनिट’ (आईसीयू)मा राखेर उपचार भइरहेको जानकारी दिनुभयो ।

    सेनाले मातहतका सुरक्षाकर्मीलाई सरकारको निर्देशन र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पूर्वसतर्कता र उपचार पद्धति अपनाएको जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # सुरक्षाकर्मी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology