कोरोना कहरका कारण मोफसलको सर्वाधिक लोकप्रिय आहा रारा गोल्ड कपको २०औँ संस्करण बिनादर्शक सञ्चालन भइरहेको छ ।
दर्शकबिना प्रतियोगिता सञ्चालन गर्नु आर्थिक दृष्टिले पनि आयोजकका लागि ठूलो धक्का लागेको छ । कोरोनाकै कारण दशरथ रंगशालामा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगसमेत प्रभावित बन्यो ।
च्यासलका १९ जना खेलाडीमा संक्रमण देखिएपछि च्यासल र नेपाल पुलिसबीच नवौँ चरणको खेल स्थगित नै भएको छ । कोरोनाको संक्रमण दर बढेसँगै जारी प्रतियोगिता प्रभावित भएको मात्र होइन ।
सञ्चालनको मुखमा रहेका अधिकांश खेलकुद प्रतियोगिता रद्द नै गरिएका छन् ।
काठमाडौँमा माघ १५ गतेका लागि तय भएको ‘केटीएम रन’ पनि स्थगित भएको छ । मोफसलमा सञ्चालन हुन लागेको नकआउट फुटबल प्रतियोगिता पनि स्थगित हुनेक्रम सुरु भएको छ ।
आयोजकले हेटौँडामा हुने शहिद स्मृति गोल्ड कप र धनगढीमा हुने खप्तड गोल्डकप रद्द गरिसकेको छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।