जातीय विभेदका कारण दलित समुदाय भित्र पनि कलिला मुनाहरु आत्महत्या गर्न बाध्य भएका छन ।
पछिल्लो राजन सुनार र मिरा परियारको बिचको तगारो जातीय विभेद भयो ।
उनीहरुको चोखो मायाँमा जातीय विभेद मृत्यु बनेर आयो । प्रेमी राजन सुनारले आत्महत्या गरेको २ महिना नबित्दै उनकि प्रेमिका गलकोट नगरपालिका ३ बामियाकि मिरा परियारले पनि झुन्डिएर आत्महत्या गरेकि छिन ।
प्रेम त्यो चिज हो जसले माया र मन बाहेक अरु केही देख्दैन त्यसैले भनिएको होला प्रेम अन्धो हुन्छ भनेर सङ्गै बाच्ने मर्ने कसम माया प्रेममा सजिलै खाईन्छ : तिमिलाई आफ्नो बनाउन नसके तिम्रो हुन नसके तिमिलाई नपाए मर्छु भन्ने कुरालाई राजनले प्रमाणित गरेका थिए ।
उनले आत्महत्या गर्दा सायद यो समाजले उसलाई बुद्दु दिमाख नभएको केटा भन्यो होला हरेक दिन कसैको माया कसैको सम्झनामा मर्नु भन्दा हरेक पल मर्नु भन्दा एक पलमै मर्छु भन्ने लाग्यो होला उसलाई ।
खै रगत सबैको रातो नै हुन्छ मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने सायद शब्दमा मात्र हो किनकि आज अझै पनि हामो समाजमा जातिय समस्या यथावत् नै रहेको छ ।
मान्छेको शरीर भन्दा पनि ठुलो यहाँ जात रैछ आफुलाइ सम्हाल्नु भगवान अर्को चोटि यो सृष्टि सिर्जना गर्दा कि त माया नबनाउनु कित जात ! यहाँ माया प्रेम कसैको जातले छुट्टिन्छ् कसैको धोका –
कसैको परिवारको कारण , कसैको एकले अर्कालाई नबुझदा यस्तै धेरै कारण हुन्छ ।
सायद राजन र मिराले सँगसँगै जिउने र मर्ने कसम खाएका थिए ।
आफुले गरेको आफ्नो वाचा पुरा गरिन मिराले..आज धिक्कार्दै छ होला मिरा र राजनको आत्मले जसले मान्छेलाई सानो ठुलो जात बनाइदियो ! धिक्कार्दै छ होला उनिहरुको आत्मले त्यो समाजलाइ जुन समाज उनिहरुको प्रेमको बाधक बन्यो धिक्कार्दै छ होला उनिहरुको आत्मले जसलाई उनिहरुको प्रेम र ज्यान भन्दा उनिहरुको जात ठुलो लाग्यो ।
यो कस्तो रिति हो एउटा मान्छेले मान्छे सँग माया गर्न नपाउनु ? कसैले कसैलाई अँगालेर बाँच्न चाहन्छ भने उसलाई स्वतन्त्र भएर बाँच्ने अधिकार छ कि छैन ?
आफुले गरेको प्रेम सबैको बाधक बन्छ भने जिउनुको के अर्थ बाबुआमा र समाजको घृणित भएर जिउनु भन्दा संसारै छोड्छु भन्यो होला राजनको आत्मले र उनले संसार त्यागे ।
सायद सराप्दै छ होला आज यो संसारलाई राजन सुनार र मिरा परियारको चोखो प्रेमले ।

गत नोभेम्बरमा गलकोट नगरपालिका वडा नं – ४ नुवाकोटमा घर नजिकै झुन्डिएको अवस्थामा फेला परेका राजान सुनार ( बेल ) को शव फेला परको थियो उनले मर्नु भन्दा केहि समय अगाडी रातिको १२ बजे “तिमिलाई पाएको भए त कलम नै रोकिन्थ्यो कहानी सकिन्थ्यो तिमिलाई गुमाएर त कथा बन्दै छ शब्द यथावत् कोरिदै छ” Caption सहित “Thank you TikTok Friend आज सम्म धेरै माया गर्दिनु भयो सधै को लागि Byee” लेखेका थिए |
उनले कक्षा १२ गलकोट बहुमुखी क्याम्पसबाट पढेका थिए ! उनि स्थानिय तहमा भलिबल खेल खेल्ने गर्दथे । उनको मृत्यु भएको २ महिना नबित्दै उनकि प्रेमिका भनिएकि गलकोट नगरपालिका ३ बामियाकि मिरा परियारले पनि झुन्डिएर आत्महत्या गरेकि छिन ।
उनले पनि आफ्नो टिकटकमा “तिमी पो फर्केर आउन सक्दैनौं म त तिमी सँग आउन सक्छु नि प्यारा” भनेर लेख्दै आफ्ना मृत प्रेमिको नाम लिँदै स्टाटस लेखेर झुन्डिएर आत्महत्या गरेकि छिन ।