Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७८ सोमवार • १८:४६:३३ बजे
  • 1.1K
    SHARES
  • थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

    पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । पीसीआरतर्फ १६ हजार ६५४ नमुनाको टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार २४ घन्टाको अवधिमा थप ४ जनाको मृत्यु भएको छ भने २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सोमबार थप कोरोना संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।

    यस्तै, ८ लाख २४ हजार २३९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेका छन् ।

    जसमध्ये ८० हजार ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् । काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकापछि सबैभन्दा धेरै चितवनमा ७९०, कास्कीमा ३४३, झापामा २०५ र सुनसरीमा १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार रुपन्देहीमा १७१, मोरङमा १४६, नवलपरासी पूर्वमा १३७, मकवानपुरमा १२१ र काभ्रेपलाञ्चोकमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    तनहुँमा ८७, बागलुङ र दाङमा ७३÷७३ जना, नुवाकोटमा ७०, कञ्चनपुरमा ५५, धनुषामा ५४, बाँकेमा ४६, सिरहामा ३८, पर्सामा ३७, बारामा ३६, गोरखामा ३५, बैतडीमा ३२, सिन्धुलीमा २९, सिन्धुपाल्चोकमा २८,पाल्पामा २७, धादिङमा २५, लमजुङमा २४, दोलखामा २३, महोत्तरी, सर्लाही र डडेल्धुरामा २२÷२२ जना तथा सप्तरीमा २० जना कोरोना संक्रमित जप भएको पनि मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology