Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाँच सय ३७ स्वास्थ्यकर्मी संक्रमित

पाँच सय ३७ स्वास्थ्यकर्मी संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७८ सोमवार • १८:५५:५२ बजे
  • 1.0K
    SHARES
  • पाँच सय ३७ स्वास्थ्यकर्मी संक्रमित

    जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् ।

    images

    सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।

    चितवन मेडिकल कलेजमा ११४ जना, भरतपुर अस्पतालमा ८३ जना, अन्य निजी अस्पतालमा ६२ जना, कलेज अफ मेडिकल साइन्सेसमा ३४ जनामा सङ्क्रमित पुष्टि भएको तिवारीले जानकारी दिए ।

    पालिकाको स्वास्थ्य शाखाअन्तर्गत कार्यरत भरतपुर महानगरमा २८ जना, रत्ननगर नगरपालिकामा १५ जना, राप्ती नगरपालिकामा १८ जना, खैरहनी नगरपालिकामा १८ जना, कालिका नगरपालिकामा ८ जना र ईच्छाकामना गाउँपालिकामामा ९ जनामा सङ्क्रमण भएको छ ।

    माडी नगरपालिकाको भने हालसम्म विवरण आइनसकेको तिवारीले बताए । स्वास्थ्य कार्यालयमा कार्यरत चार जनामा सङ्क्रमण पुष्टि भएको छ । तिवारीका अनुसार हालसम्म जिल्लामा स्वास्थ्य सेवा बन्द हुने गरी प्रभावित भएको छैन । आलोपालो गरेर स्वास्थ्य सेवा सञ्चालन भइरहेको उनको भनाइ छ ।

    आइसोलेशनमा रहेको सात दिनमै काममा फर्किने हुँदा ठूलो समस्या नहुने अपेक्षा गरिएको तिवारीले बताए । हालसम्म भरतपुर अस्पतालले जिओपिडी र नियमित शल्यक्र्रिया सेवालाई स्थगित गरेको छ भने अन्य कुनै स्वास्थ्य संस्थाका नियमित सेवा प्रभावित बनेका छैनन् ।

    सङ्क्रमितको सङ्ख्या धेरै भए पनि अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून रहेका कारण जनशक्तिको अभाव नभएको तिवारी बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology