Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अनलाइनबाटै निजामती सेवा

अनलाइनबाटै निजामती सेवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७८ मंगलवार • ०८:२६:०२ बजे
  • 706
    SHARES
  • अनलाइनबाटै निजामती सेवा

    निजामती कर्मचारीमा कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि कर्मचारीहरूले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिएका छन् ।

    images

    अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न सकिने सबै सेवा अनलाइन प्रणालीबाटै प्रवाह गर्नुपर्ने कर्मचारीहरूले बताएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अनुसार तीनै तहका गरी करिब डेढ लाख कर्मचारीमध्ये ३० प्रतिशत कर्मचारीलाई कोरोना सङ्क्रमण भएको अनुमान गरिएको छ ।

    उक्त ट्रेड युनियनका महासचिव तेजकुमार केसीले अहिले ३० प्रतिशत कर्मचारीलाई कोभिड भएको र यही गतिमा सङ्क्रमण तीव्र बन्दै गए अबको एक सातामा शतप्रतिशत कर्मचारीमा कोरोना सङ्क्रमण हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अत्यावश्यकबाहेकका काम अनलाइन माध्यमबाटै ‘वर्क फ्रम होम’ गर्नुपर्छ, व्यक्तिको स्वास्थ्यभन्दा काम ठूलो होइन ।” उहाँका अनुसार कार्यालयमा सुब्बादेखि सचिवसम्मले एउटै फाइलमा काम गर्नुपर्ने हुनसक्छ ।

    त्यसैले कम्तीमा माघभर सबै कर्मचारीले अनलाइनको माध्यबाट घरबाटै काम गर्ने वातावरण सरकारले मिलाउनुपर्छ । अहिले बढी भीडभाड हुने सबैजसो जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, मालपोत, राहदानी विभागलगायतका कार्यालयमा भने आलोपालो प्रणालीबाट सेवा प्रवाह भइरहेका छन् ।

    सरकारले गत वर्ष वैशाख र जेठमा कोरोना सङ्क्रमण दर उच्च तहमा पुगेपछि घरबाटै अनलाइन सेवा प्रवाह गरेको थियो ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # निजामती सेवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology