Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिटामोल सहज रुपमा उपलब्ध गराउन सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सिटामोल सहज रुपमा उपलब्ध गराउन सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७८ मंगलवार • २१:२६:५२ बजे
  • 1.1K
    SHARES
  • सिटामोल सहज रुपमा उपलब्ध गराउन सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई टीका बहादुर कुँवरले विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

    बजारमा सिटामोल औषधिको अभाव भएको र संविधानले जनतालाई स्वास्थ्यलाई आधारभूत अधिकारका रुपमा स्वीकार गरेको दाबीसहित उनले सामान्य औषधिको समेत अभाव हुँदा सरकार मूकदर्शक बन्नु संविधानकै उपहास हुने रिट निवेदकको जिकिर गरिएको थियो ।

    उक्त रिट निवेदनमाथि मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको छ । इजलासले सिटामोलको अभाव हुनुमा कारण देखाउनसमेत विपक्षीहरूलाई आदेश दिएको छ ।

    दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्नु पर्ने या नपर्ने भन्नेबारे छलफलका लागि समेत बोलाएको छ ।

  • सम्बन्धित विषय:

  • # उपलब्ध गराउन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology