Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमित र रुघाखोकी लागेका बीचको फरक

कोरोना संक्रमित र रुघाखोकी लागेका बीचको फरक यस्तो हुन्छ (अध्ययन रिपोर्टसहित)

कोरोना संक्रमित र रुघाखोकी लागेका बीचको फरक यस्तो हुन्छ (अध्ययन रिपोर्टसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७७ आइतवार • १०:४१:१७ बजे
  • 2.4K
    SHARES
  • कोरोना संक्रमित र रुघाखोकी लागेका बीचको फरक यस्तो हुन्छ (अध्ययन रिपोर्टसहित)
    एजेन्सी - कोरोना संक्रमित ब्यक्तिमा सुंघ्ने क्षमता कम हुन्छ, तर यो लक्षण रुघा खोकीमा देखिने लक्षण भन्दा फरक हुन्छ । ‘जर्नल राइनोलोजी’ मा प्रकाशित अध्ययन रिपोर्ट अनुसार कोरोना संक्रमित र सामान्य रुघा खोकी लागेका मानिसबीचको सुंघ्ने र स्वाद लिने क्षमता कम हुने लक्षणमा धेरै भिन्नता हुन्छ ।

    कोरोना संक्रमित ब्यक्तिमा तितो र गुलियो स्वादबीचको फरक थाहा हुँदैन । अध्ययन अनुसार सामान्य रुघा खोकी लाग्दा पनि सुंघ्ने क्षमतामा ह्रास आउँछ तर कोरोना संक्रमितमा देखिने लक्षणभन्दा धेरै फरक हुन्छ । ईस्ट एंगलियाको एक विश्वविद्यालयमा सुंघ्ने क्षमतासंग सम्बन्धित रोगका विशेषज्ञहरुको युरोपियन समुहले यस बारे अनुशन्धान गरेका हुन । यो अनुशन्धानमा प्रोफेसर फिलपट पनि सहभागी थिए ।

    सुंघ्ने क्षमतासंग सम्बन्धित यो पहिलो अनुशन्धान हो । जसअनुसार कोरोना संक्रमितमा सुंघ्ने क्षमतामा कमी आउँछ । उनीहरु नाकबाट सजिलै सास फेर्न सक्छन ।
    रुघा खोकीमा जस्तो नाक बन्द हुने र सिंगान बग्ने हुँदैन । तितो र गुलियो स्वादको फरक बारे थाहा नपाउने लक्षण पनि कोरोना संक्रमितमा देखिने हुनाले कोरोना भाइरसले मस्तिष्कको केन्द्रीय स्नायु प्रणालीमासमेत संक्रमण फैलाउँछ भन्ने तथ्य अनुशन्धानकर्ताहरुले पत्ता लगाएका छन ।

    यो अनुशन्धानमा १० जना कोरोना संक्रमित विरामी र १० जना रुघा लागेका विरामीहरुलाई सहभागी गराइएको थियो । यसमा विभिन्न उमेर समुहका महिला र पुरुषहरुको सहभागिता रहेको थियो ।
    कोरोना संक्रमित र रुघा लागेका दुवै समुहका विरामीहरुमा हुने सासको समस्या दमका रोगीहरुको भन्दा फरक रहेको तथ्य यो अनुशन्धानबाट पत्ता लागेको छ ।

    उदाहरणको रुपमा ‘साईटोकाइन स्टर्म’ लाई लिन सकिन्छ । यो कोरोना संक्रमित विरामीमा देखिने एक अवस्था हो । कोरोना संक्रमित विरामीको शरीरमा रहेको रोग प्रतिरोधी क्षमताले कोरोना भाइरसविरुद्ध अत्यधिक प्रतिकृया गर्छ । यहि अवस्थालाई ‘साईटोकाइन स्टर्म’ भनिन्छ ।

    तर रुघा लागेका वा दमका रोगीहरुमा यस्तो अवस्था देखिंदैन । यो अनुशन्धानले कोरोना संक्रमितहरुमा सुंघ्ने र स्वाद थाहा पाउने क्षमता अधिक मात्रामा ह्रास हुन्छ । तर सामान्य फ्लु अर्थात रुघा लागेका विरामीमा यस्तो नहुने तथ्य पत्ता लागेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology