Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

८० वर्षपछि पहिलोपटक जनसंख्या वृद्धिदर घट्यो

८० वर्षपछि पहिलोपटक जनसंख्या वृद्धिदर घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७८ बिहिवार • ०८:३२:१६ बजे
  • 721
    SHARES
  • ८० वर्षपछि पहिलोपटक जनसंख्या वृद्धिदर घट्यो

    नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ ।

    images

    अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।

    अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । जनसंख्या घट्नुमा नेपालमा जनसंख्या नियन्त्रणका लागि ३० वर्षदेखि चालिएको प्रयासले सार्थकता पाएको विज्ञहरू बताउँछन् ।

    त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक जनसंख्याविद् पद्मप्रसाद खतिवडा जनसंख्या नियन्त्रणका प्रयासहरूले सफलता पाए पनि यसरी जनसंख्याको वृद्धिदर घट्नु मुलुकका लागि चिन्ताको विषय भएको बताउँछन् ।

    नेपालको जनसंख्या नियन्त्रणबाट व्यवस्थापन गर्ने भनिए पनि राज्यको प्रयास निरर्थक रहेको उनको धारणा थियो ।

    नेपालमा जनसंख्याको वृद्धिदरमा आएको असन्तुलनले तराईका अधिकांश भागमा अत्याधिक जनसंख्या हुने र उच्च पहाडी तथा हिमाली भेगमा भने जनसंख्या शून्यको अवस्थामा आउने भएकाले राज्यले उच्च पहाडी र हिमाली क्षेत्रमा भने जनसंख्या नियन्त्रण नगरी त्यस क्षेत्रमा जनसंख्या बढाउने काम गर्नुपर्ने खतिवडाले बताए ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology