Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभरको मौसमी अवस्था

देशभरको मौसमी अवस्था

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७८ बिहिवार • ०८:४३:५१ बजे
  • 616
    SHARES
  • देशभरको मौसमी अवस्था

    हाल देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    images

    आज बिहान पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ भने तराईमा हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्यतया बदली रहेको छ ।

    त्यस्तै देशका बाँकी भूभागको मौसममा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

    प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको महाशाखाले आँकलन गरेको छ । शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

    पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मौसमी अवस्था
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology