Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संसद भवनको भौतिक प्रगतिको गति नै सन्तोषजनक छैन !

संसद भवनको भौतिक प्रगतिको गति नै सन्तोषजनक छैन !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७८ बिहिवार • ०८:४८:३६ बजे
  • 703
    SHARES
  • संसद भवनको भौतिक प्रगतिको गति नै सन्तोषजनक छैन !

    संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ ।

    images

    संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गरिँदै आएको छ ।

    व्यवस्थापिका राज्यको एउटा अभिन्न अङ्गको रूपमा संविधानले व्यवस्था गरेकाले अब संसद्को स्थायी संरचना आवश्यकता देखिन्छ । संसद् सचिवालय सिंहदरबारमा रहेकाले संसद् बैठकको दिन कर्मचारीलाई कागजपत्र ओसार्ने झन्झट हुँदै आएको छ ।

    संसद् बैठक सकिएपछि नयाँ बानेश्वरको भवनलाई तालाचाबी लगाएर कर्मचारी फेरि सिंहदरबारमै फर्किने गर्छन् । यस्तो अवस्थाले कति दिन चल्ने भन्ने बहस भएपछि २०७६ देखि नयाँ संसद् भवन बनाउने निर्माणको ठेक्का दिइएको थियो ।

    २०७६ असोजमा संसद् भएको शिलान्यास भएको थियो । ठेक्का बमोजिम सिंहदरबारको पुतली बगैँचामा दुई वर्षदेखि संसद्को आफ्नो भवन बनाउने क्रम जारी छ ।

    तीन वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको नयाँ भवन निर्माणको हालसम्मको भौतिक प्रगतिको गति सन्तोषजनक नदेखिएको संसद्को विकास तथा प्रविधि समितिले बताएको थियो ।

    आजको नागरिक दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # संसद भवनको भौतिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology