Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट एकैदिन १५ जनाको मृत्‍यु, २४ घण्टामा थपिए ८,०१७ जना संक्रमित

कोरोनाबाट एकैदिन १५ जनाको मृत्‍यु, २४ घण्टामा थपिए ८,०१७ जना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७८ बिहिवार • १९:२३:२२ बजे
  • 724
    SHARES
  • कोरोनाबाट एकैदिन १५ जनाको मृत्‍यु, २४ घण्टामा थपिए ८,०१७ जना संक्रमित

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको छ ।

    images

    मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ५ हजार २१९ जना निको भएका छन् भने २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रमितमध्ये ८ लाख ३७ हजार ४ जना निको भएका छन् । बुधबारको तथ्यांकसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९० हजार ५७६ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology