Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खोलामा फेला परेको महिलाको शव सनाखत

खोलामा फेला परेको महिलाको शव सनाखत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७८ बिहिवार • १९:२९:४६ बजे
  • 826
    SHARES
  • खोलामा फेला परेको महिलाको शव सनाखत

    तिनाउ खोलामा फेला परेको बेवारिसे महिलाको शव बिहीबार साँझ सनाखत भएको छ ।

    images

    पाल्पाको तिनाउ गाउँपालिका–३ विद्युत ड्याम नजिकै तिनाउ खोलाको बीच भागमा घोप्टो परेको अवस्थामा भेटिएको शव रुपन्देहीको सैनामैना नगरपालिका–३ की ७८ बर्षीया जितकुमारी कार्कीको रहेको प्रहरीले जानकारी दिएको छ ।

    अनुसन्धान गर्दै जाँदा उक्त शव कार्कीको भएको थाहा भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

    मृतकका छोरा चक्रबहादुर कार्कीले आमाको शव पहिचान गरी बुझेर लगेको पचभैयाले बताए ।

    चक्रबहादुरका अनुसार जितकुमारी माघ ७ गते मर्निङ वाकका लागि घरबाट बाहिर निस्किएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # महिलाको शव सनाखत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology