Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७८ शुक्रवार • १९:०६:११ बजे
  • 901
    SHARES
  • २४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

    पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो । मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ ।

    यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ । बिहीबार यस्तो संख्या ९० हजार बढी थियो । अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या पनि कम रहेको छ ।

    बिहीबार देशभर २१ हजार ८०८ जनामा कोरोना परीक्षण हुँदा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या हालसम्म पीसीआर विधिबाट भएको परीक्षण्मा ९ लाख ४४ हजार ७४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २४ हजार ८५८ जना पुगेको छ ।

    संक्रमितमध्ये हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको हुँदा कुल ११ हजार ६९७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology