Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नदीमा बगेका युवकको मृत्यु

नदीमा बगेका युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७८ शुक्रवार • १९:१६:४० बजे
  • 937
    SHARES
  • नदीमा बगेका युवकको मृत्यु

    दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ ।

    images

    आज दिउँसो नुहाउनका लागि नदीमा गएका व्याँस गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरका उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

    खलङ्गाको बङ्गाबगडमा महाकालीमा बगेका ती युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

    “उद्धार गरी जिल्ला अस्पताल भर्ना गरेका थियौँ,” उनले भने, “अस्पतालले मृत घोषणा गरिसकेको हो ।” कुँवर महाकाली नदीमा बगेपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो ।

    महाकाली नगरपालिका–४ मा उनी कोठा भाडामा लिएर बस्दै आएका थिए । कम्प्युटर सिक्नका लागि कुँवर ब्यासबाट खलङ्गा आएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # युवकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology