Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७८ शनिवार • ११:४२:०२ बजे
  • 754
    SHARES
  • जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

    जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ वर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८ वर्षीय रमेश खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वरप्रसाद साहले बताए ।

    उनका अनुसार सुनारमाथि गत पुस ११ गते १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ ।

    यसैगरी खड्कामाथि १८ वर्षीया किशोरीलाई गत पुस १२ गते जबरजस्ती करणी गरेको आरोप छ ।

    प्रहरीमा परेको जाहेरीका आधारमा थप अनुसन्धानका लागि दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुई युवक पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology