Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दर्शक राखेर फुटबल खेलाउन प्रशासनको अनुमति

दर्शक राखेर फुटबल खेलाउन प्रशासनको अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७८ शनिवार • ११:४५:४३ बजे
  • 970
    SHARES
  • दर्शक राखेर फुटबल खेलाउन प्रशासनको अनुमति

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्शक राखेर फुटबल खेलको आयोजना गर्न स्वीकृति दिएको छ ।

    images

    शुक्रबार आदेश जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्व निर्धारित अन्तराष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा सिमित दर्शक राखेर स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गराउँदै प्रतियोगिता सञ्चालन गर्न स्वीकृति दिएको हो ।

    अखिल नेपाल फुटलब संघ (एन्फा) ले आज दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिसससँग मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको छ । दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मरिससको राष्ट्रिय टिम नेपालमा रहेको छ ।

    अर्को खेल मंगलबार खेलाइने तय भएको छ । कोभिड–१९ को तेस्रो लहरकाबीच हुन लागेको प्रतियोगितामा एन्फाले सिमित दर्शक राखेर सञ्चालन गर्ने तयारी गरेको छ ।

    pres.jpg

    शुक्रबार प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले आदेश जारी गर्दै पूर्व निर्धारित अन्तराष्ट्रिय प्रतियोगिता सिमित दर्शक राखेर सञ्चालन गर्न स्वीकृति दिएका हुन् ।

    यो पछिल्लो आदेशसँगै पूर्व निर्धारित अन्तराष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता दर्शक राखेर सञ्चालन गर्न पाईने भएको छ ।

    स्थानीय प्रशासनको स्वीकृतिसँगै करिब ५ हजार दर्शकले स्वास्थ्य मापदण्ड पालना गरि दशरथ रंगशालामा आज मरिससविरुद्धको नेपालको खेल हेर्न पाउनेछन् ।

     

  • सम्बन्धित विषय:

  • # प्रशासनको अनुमति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology