Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

२० जिल्लाका प्रजिअलाई गृहमन्त्रीको फोन : कोरोना, चिसो र सुरक्षाबारे के काम भइरहेको छ ?

२० जिल्लाका प्रजिअलाई गृहमन्त्रीको फोन : कोरोना, चिसो र सुरक्षाबारे के काम भइरहेको छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७८ शनिवार • १४:०८:४२ बजे
  • 562
    SHARES
  • २० जिल्लाका प्रजिअलाई गृहमन्त्रीको फोन : कोरोना, चिसो र सुरक्षाबारे के काम भइरहेको छ ?

    गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई फोन गरेका छन् ।

    images

    जिल्लामा कोभिड–१९ संक्रमण, शित लहरको अवस्थालगायत बारेमा खाणले सिडिओहरुलाई फोन गरेर जानकारी लिएका हुन् । खाणले शनिबार बिहान फोन गरी सिडिओहरुलाई शितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे पनि सोधेका थिए ।

    सरकारले गत मंसिर १ गते रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शितलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो ।

    त्यो निर्देशनको कतिको कार्यान्वयन भयो भनेर मन्त्री खाणले जानकारी लिएका थिए । गृहमन्त्री खाणले मनाङ, डडेल्धुरा, गोरखा, बझाङ, मुगु, ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, इलाम, सुनसरी, उदयपुर, रसुवा, म्याग्दी, लमजुङ, सप्तरी, रौतहट र पर्वतका प्रजिहरुसँग टेलिफोन वार्ता गरेका हुन् ।

    वार्ताको क्रममा गृहमन्त्री खाणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिडको अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शित लहर र हिमालमा हिमपातको प्रभावमा परेको गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणको कार्यबारे जानकारी दिएका हुन् ।

    ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले गृहमन्त्री खाणले टेलिफोनमा जिल्लामा कोभिड संक्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणको अवस्थाबारे जानकारी लिएको बताए ।

    त्यस्तै, सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाणले जानकारी लिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology