Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी रत्नेचौरको भाइरल तोरी बारी र खेत,टिकटक बनाउनेको भिड

म्याग्दी रत्नेचौरको भाइरल तोरी बारी र खेत,टिकटक बनाउनेको भिड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७८ शनिवार • १७:४९:२९ बजे
  • 1.6K
    SHARES
  • म्याग्दी रत्नेचौरको भाइरल तोरी बारी र खेत,टिकटक बनाउनेको भिड

     म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर यतिबेला निकै चर्चित भएको छ । अहिले त्यहाँ गएर तस्विर लिनेको घुइँचो नै लागेको छ ।

    images

    केही समयअघि रत्नेचौरका सम्मपरेका बारी र खेतहरुमा तोरी फुलेर ढकमक्क भएको र त्यसकै बिचमा बनाइएको चिल्लो सडकको तस्विर एकजना स्थानीयले सामाजिक सञ्जालमा राखेपछि रत्नेचौर भाइरल भएको हो ।

    त्यसपछि सो ठाउँमा रमाउन आउनेहरुको भिड लाग्ने गरेकोमा आज शनिबार पनि टिकटक बनाउने, दृश्य लिने र फोटो खिच्नेहरुको बाख्लो उपस्थिति देख्न सकिन्छ ।

    बाहीरबाट आएका मानिसहरुका कारण सडक नै जाम हुन थालेपछि रत्नेचौरमा रहेको प्रहरीले स्थिति सहज बनाएको छ । तोरीबारीको बिचमा रहेको चिल्लो पक्की बाटो अनि त्यहाँबाट स्पष्ट देखिने धौलागिरी हिमालको दृश्य र त्यसको तस्विर लिने युवा युवतीका कारण सो स्थान भाइरल बनेको हो ।

    रत्नेचौर आज जुन अवस्थामा रहेको छ, त्यसको स्वरुप नबदल्न र पर्यटकलाई आकर्षण गर्न जताततैबाट दबाव आइरहेको एक स्थानीयले बताए ।

    तस्विर सार्वजनिक भएसँगै धेरैले जग्गा दलालबाट बचेको रत्नेचौर भनेर प्रशंसा गरेका थिए । सरकारको अनुमतिमा सो ठाउँलाई जग्गा दलालहरुले प्लटिङ गरेर त्यसको स्वरुप नै दललिने र ढकमक्क तोरी फुल्ने खेत र बारीहरुमा घरैघर बन्ने खतरा रहेका कारण यस्तो प्रतिकृया आएको हो ।

    नेपालमा सुन्दर रत्नेचौर र रत्नेचौर जस्ता सुन्दर ठाउँहरु हजारौं होलान् तर तिनको प्रचारको अभावका कारण ती ठाउँहरु ओझेलमै छन् ।

    रत्नेचौर र रत्नेचौर जस्ता सुन्दर ठाउँहरुलाई दलालको हातबाट जोगाउनका लागि स्थानीय सरकारले नै पहल लिनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

  • सम्बन्धित विषय:

  • # टिकटक बनाउनेको भिड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology