Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ३५४० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

थप ३५४० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७८ आइतवार • १७:११:११ बजे
  • 727
    SHARES
  • थप ३५४० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

    नेपालमा आइतबार ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ९ हजार ९ सय १० पीसीआर परीक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ एन्टिजेन परीक्षणका क्रममा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ ।

    त्यस्तै कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।

    त्यस्तै थप ६ हजार ५ सय ५९ संक्रमित निको हुँदा नेपालमा ८ लाख ५४ हजार ७ सय १९ संक्रमित निको भएका छन् ।

    हाल नेपालमा ८३ हजार ९ सय ९९ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology