Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी–२० विश्वकप : ग्लोबल छनोट प्रशिक्षणमा जुट्यो नेपाली क्रिकेट टोली

टी–२० विश्वकप : ग्लोबल छनोट प्रशिक्षणमा जुट्यो नेपाली क्रिकेट टोली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७८ सोमवार • १४:१९:१० बजे
  • 1.8K
    SHARES
  • टी–२० विश्वकप :  ग्लोबल छनोट प्रशिक्षणमा जुट्यो नेपाली क्रिकेट टोली

    नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि प्रशिक्षणमा जुटेको छ ।

    images

    नेपाली टोलीले ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ ।

    ग्लोबल छनोटमा नेपाल रहेको समूह ‘ए’ अन्तर्गतका खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म आयोजना हुने छ ।

    यस समूहमा आयोजक ओमानसहित, नेपाल, फिलिपिन्स, क्यानाडा, युएइ, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

    समूह ‘ए’ अन्तर्गत विभाजन भएको ग्रुप टु मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् ।

    नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुवात गर्ने छ ।

    नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने छ ।

    छनोटअघि नेपालले ओमानमा चारदेशीय टी–२० सिरिज खेल्ने छ । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएइ र ओमान रहेका छन् ।

    यस्तै भारतीय मुलका प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान०)ले श्रीनिवास फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा नेपाली टोलीसँग जोडिएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology