Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने बढे

थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने बढे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७८ मंगलवार • १८:४२:२७ बजे
  • 1.5K
    SHARES
  • थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने बढे

    पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् ।

    अर्थात पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् ।

    यसैबीच पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ५७ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा संक्रमितको कुल संख्या १ लाख ३० हजार ६८१ जना पुगेको छ ।

    संक्रमितमध्ये हालसम्म ८ लाख ७१ हजार १६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology