Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७८ मंगलवार • १८:४४:०४ बजे
  • 619
    SHARES
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    नवलपरासी (पश्चिम ) मा स्कुटी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

    images

    अन्य चार जना घाइते भएका छन् । जिल्लाको सुस्ता गाउँपालिका–२ , हरकपुरस्थित भित्रि सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १८ प ८६०५ नम्वरको स्कुटर र विपरित दिशा तर्फबाट आउँदै गरेको युपी ५६ एएन ७२३५ नम्वरको मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा उक्त मोटरसाईकल चालक भारतको महाराजगञ्ज आनन्दनगर फरेन्दा बजार बस्ने अन्दाजी १९ बर्षीय अरबिन्द चमार रहेका छन् ।

    उनको शहीद स्मृति सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

    उनका अनुसार सोही मोटरसाइकलको पछाडी सवार अन्दाजी ३५ बर्षीया कलावती चमार र अन्दाजी बर्ष १९ का रामकरण चमार सामन्य घाइते भएका छन् ।

    उनीहरुको सोही अस्पतालमा उपचार भई रहेको छ । स्कुटर चालक बर्दघाट नगरपालिका–१५ का १८ बर्षीय अमृत सुनार र सोही स्थानका १७ बर्षीय निर्मल तामाङको हात खुट्टा भाँचिएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology