Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोरिसविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको तनावपूर्ण जित

मोरिसविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको तनावपूर्ण जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७८ मंगलवार • १९:४५:०६ बजे
  • 1.1K
    SHARES
  • मोरिसविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको तनावपूर्ण जित

    मोरिसविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको तनावपूर्ण जित भएको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न भएको खेलमा मोरिससविरुद्ध नेपालले तनावपूर्ण (१–०) विजयी भएको हो ।

    images

    नेपालका लागि सुजल श्रेष्ठ १० औं मिनेटमा गोल गरेका प्रहार गरेका थिए । र, त्यहीँ गोल नै नेपालका लागि विजयी गोल बनेको थियो ।

    खेलमा दुवै पक्षबीच हात हालाहालसमेत भएको थियो भने रेफ्रिले दुवै टिमका खेलाडीलाई रातो कार्ड देखाउँदै खेल मैदानबाट बाहिर पठाएका थिए । खेलको अन्त्यमा मोरिसन ९ र नेपाल १० खेलाडीमा सीमित भएको थियो । खेलको ७० औं मिनेटमा दुवै टिमका खेलाडीबीच हात हालाहाल भएको थियो ।

    रेफ्री नवीन्द्र महर्जनले मोरिससका एडरिन बोटबर र नेपालका पुजन उपरकोटीलाई सिधै रातो कार्ड देखाएका थिए । पछि नेपाली गोलरक्षक प्रशिक्षक विकास मल्लले पनि रातो कार्ड पाएका थिए ।

    खेल मैत्रीपूर्ण भनिए पनि तनावपूर्ण सम्पन्न भएको थियो । खेलमा मानसिक र शारीरिक ध्यान दिनुपर्ने अवस्थामा खेल द्वन्द्वमा परिणत भएको थियो । यसैबीच राती भएका कारण खेलमा पर्याप्त प्रकाश नभएपछि रेफ्री नवीन्द्रले १० मिनेट खेलका लागि रोकेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपालको तनावपूर्ण जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology