Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७८ बिहिवार • १०:४८:५७ बजे
  • 718
    SHARES
  • बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    बालिका बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीबाट एक जनालाई पक्राउ गरेको छ।

    images

    १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार चौधरीले बालिकालाई बुधबार साँझ साढे ५ बजेतिरको समयमा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।

    बालिकालाई ललाइफकाइ घरनजिकको बाँसघारीमा लगेर बलात्कार गरेको तथ्य खुलेपछि चौधरीलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रवक्ता श्रेष्ठले बताए।

    उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर प्रहरीले घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको छ।

    पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। पीडकको स्वास्थ्य परीक्षण पनि धरानमै गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # बालिका बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology