Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

मलद्वारमा लुकाएर ल्याएको १ किलो ५५ ग्राम सुन विमानस्थलबाट बरामद

मलद्वारमा लुकाएर ल्याएको १ किलो ५५ ग्राम सुन विमानस्थलबाट बरामद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७८ बिहिवार • १६:३४:४१ बजे
  • 955
    SHARES
  • मलद्वारमा लुकाएर ल्याएको १ किलो ५५ ग्राम सुन विमानस्थलबाट बरामद

    दुबईबाट काठमाडौं फर्केका एकजनाले मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका छन् ।

    images

    बेलनाकार बनाएको अर्धठोस सुनसहित उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भएका ३९ वर्षका दावाछिरिङ शेर्पा छन् ।

    बुधवार उनी एयर अरेबियाको विमानमार्फत काठमाडौं आएका थिए । ५० ग्रामको दरले सुन लिएर आएका थप दुई जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालले बताए ।

    ५० ग्राम सुन ल्याउनेमा रौतहट घर भएका सुनिलकुमार शाह र मकवानपुर घर भएका नवराज परियार छन् ।

    हिमालय एयरलाइन्सबाट काठमाडौं आएका सुनिलकुमार शाहको साथबाट प्रहरीले ४ थान आइफोन पनि बरामद गरेको छ ।

    उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी ढकालले बताए ।रातोपाटी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology