Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

युट्यूवरलाई कुटपिट गर्ने म्यानपावर सञ्चालक पक्राउ

युट्यूवरलाई कुटपिट गर्ने म्यानपावर सञ्चालक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७८ बिहिवार • १९:३८:१५ बजे
  • 844
    SHARES
  • युट्यूवरलाई कुटपिट गर्ने म्यानपावर सञ्चालक पक्राउ

    काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् ।

    images

    उनले युट्यूवर र अभियन्तामाथि कार्यालयभित्रै कुटपिट गरेका थिए ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले विहीबार गुरुङलाई पक्राउ गरेको हो ।

    यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।

    हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडिओ खिच्न गएका सञ्चारकर्मीमाथि पनि आक्रमण भएको थियो । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा लगिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology