Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम : कतै वर्षा, कतै असिना र हिमपात

आजको मौसम : कतै वर्षा, कतै असिना र हिमपात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७८ शुक्रवार • ०९:२७:०७ बजे
  • 838
    SHARES
  • आजको मौसम : कतै वर्षा, कतै असिना र हिमपात

    हाल मुलुकभर पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको छ ।

    images

    आज बिहानैदेखि देशभर सामान्य तथा पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन, चटयाङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका धेरै स्थानहरुमा मेघ गर्जन,चटयाङ र असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । गएराति पनि धेरै स्थानमा हिमपात भएको छ ।

    आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चटयाङ तथा असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

    राति पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology