जुम्लामा पुनः हिमपात भएको छ । बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ ।
चिसोका कारण जनजीवन प्रभावित बनेको छ । यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको हो ।

हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ । जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ ।

हिमपातका कारण जुम्लामा बत्ती र इन्टनेट सेवा पनि अवरुद्ध भएको छ ।
चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।

जुम्लामा स्याउ लगाउने र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।