Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

लागूऔषधसहित युटुबर चेतन कार्की सिन्धुलीबाट पक्राउ

लागूऔषधसहित युटुबर चेतन कार्की सिन्धुलीबाट पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७८ शुक्रवार • १६:२९:५७ बजे
  • 952
    SHARES
  • लागूऔषधसहित युटुबर चेतन कार्की सिन्धुलीबाट पक्राउ

    युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    कार्कीले प्रयोग गर्दै आएको ‘चेतन व्लग’ आवरणको मिनी ट्रकलाई रोकी चेकजाँच तथा खानतलासी गर्दा ४.१३० ग्राम तथा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

    उनले लगाएको खैरो रंगको ट्रयाकको दाहिने खल्तीबाट खैरो हेरोइन र उनले चलाएको गाडीमा राखिएको गोल्डेन रंगको गितारको कभरबाट ६.९४० ग्राम जाँजा बरामद भएको जिल्ला प्रहरी सिन्धुलीका एसपी गोविन्द थपलियाले जानकारी दिए । उनले प्रयोग गर्दै आएको मिनी ट्रक शंकास्पद थियो ।

    काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुशी बस्ने ३७ वर्षीय चेतनले चलाएको बागमती प्रदेश ०१–००३–क ९१८२ नम्बरको मिनी ट्रकलाई प्रहरी रोकेर चेकजाँच गरेको थियो । हेर्दै अचम्म खालको गाडी देखिएपछि प्रहरीले खानतलासी गरेको प्रहरीले बताएको छ ।

    अचम्म लाग्ने गाडी देखिएपछि विस्तृतमा खानतलासी लिएको थियो । कार्कीले गाडीलाई नै स्टुडियोको रुपमा प्रयोग गर्दै आएका थिए ।

    गाडीलाई मोडीफाइ गरी उनले गाडी भित्रै गीत रेकर्ड गर्न सकिने प्रविधि जडान गरिएको पाइएको प्रहरीले बताएको छ । सो मिनीट्रक बर्दिबासबाट धुलिखेलतर्फ जाँदै गर्दा प्रहरीले चेकजाँच गरेको थियो ।

    सदा जस्तै प्रहरीले नियमित चेकजाँच गर्दै गर्दा युटुबर कार्कीले प्रयोग गर्ने गाडीमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका कार्कीलाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी थपलियाले बताए ।

  • सम्बन्धित विषय:

  • # लागूऔषधसहित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology