Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मौसम :आज पनि वर्षा र हिमपात

मौसम :आज पनि वर्षा र हिमपात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७८ शनिवार • ०९:५३:५६ बजे
  • 880
    SHARES
  • मौसम :आज पनि वर्षा र हिमपात

    हिमपात र वर्षा गराउने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा अझै पनि कायमै छ। यही मौसमी प्रणालीका कारण यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। यस क्रममा प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरैजसो स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

    देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडी एवम् हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति प्रदेश १, मधेश र बागमती प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । देशका अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली हुनेछ ।

    तराईमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। त्यस्तै आइतबार दिउँसो देशभरको मौसममा आंशिक बदली भए पनि मौसम सामान्यतया सफा रहनेछ ।

    राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै सोमबार दिउँसो प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रही अन्य प्रदेशको मौसम सामान्यतया सफा रहनेछ।

    देशका मध्य तथा पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा भने हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार राति प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

    देशका पूर्वी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # वर्षा र हिमपात
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology