उपत्यकामा निषेधाज्ञा जारी भएपछि दैनिक उपभोग्य वस्तुहरु किनमेल गर्न छुट गर्ने निर्णय भएको छ । उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आकस्मिक बसेको बैठककले निश्चित समय निर्धारण गरेर दैनिक उपभोग्य वस्तु किनबेच गर्न छुट दिइने निर्णय गरेको हो ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारीका पसलहरु खोल्न दिने निर्णय गरेको छ । यो समय भित्र किराना पसल, दूध डेरी, तरकारी पसल, मासु पसल संचालन गर्न पाइने निर्ण भएको बिज्ञप्तिमा जनाइएको छ । तर यी क्रियाकलाप गर्दा अनिवार्य रूपमा सामाजिक दुररी कायम गर्दै मास्क सेनिटाइजर प्रयोग गर्नुपर्ने र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्ड पूरारूपमा पालना गर्नु पर्नेछ ।
Source: news24nepal
बिज्ञप्ती
