Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तानसेन बजारमा एक पुरुष मृत फेला

तानसेन बजारमा एक पुरुष मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७८ शनिवार • १४:२८:३५ बजे
  • 1.1K
    SHARES
  • तानसेन बजारमा एक पुरुष मृत फेला

    शनिवार पाल्पाको सदरमुकाम तानसेन बजारमा एक पुरुष मृत फेला परेका छन् ।

    images

    तानसेन–४ शिलखानटोल स्थित सडकको भित्तामा ३८ वर्षीय वसन्त गिरी मृत फेला परेका हुन् । पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाकाअनुसार उनको पुर्ख्यौली घर कहाँ हो र बाबु आमा को–को हुन् भन्ने खुलेको छैन ।

    सानै उमेरदेखि सडक मजदूरी गरेर जिविका चलाउँदै आएका गिरी तानसेन नगरपालिका–४ स्थित डेरामा बस्न गर्थे । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा केहि दिनयता वर्षासहित हिमपात भएपछि निकै चिसो बढेको छ ।

    गिरीको चिसोले कठाङ्ग्रिएर मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

    लुम्बिनी प्रदेशमा शुक्रबार ३ जना मृत फेला परेका थिए ।

  • सम्बन्धित विषय:

  • # एक पुरुष मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology