Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आजदेखि मौसममा क्रमिक सुधार

आजदेखि मौसममा क्रमिक सुधार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • ०८:३२:२१ बजे
  • 694
    SHARES
  • आजदेखि मौसममा क्रमिक सुधार

    आजदेखि मौसममा पूर्ण सुधार हुने र दिन घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपात भएकोमा शनिबार दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको महाशाखाले जनाएको हो ।

    अहिले देशभरको मौसममा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । आजदेखि दुई–तीन दिन मौसममा सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदहरुको भनाइ छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसोे घाम लाग्नेछ । अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।

    हाल देशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भू–भागका केही स्थानमा हुसु र कुहिरो लागेको छ। आज दिउँसो देशभर आंशिक बदली हुनेछ भने मौसम सामान्यतया सफा रहनेछ ।

    आज राती प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले छ ।

    गत बुधबार रातिदेखि नेपाल प्रवेश गरेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो स्थानमा वर्षा र हिमपात हुँदा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मौसममा क्रमिक सुधार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology