Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

भोलिदेखि यातायातमा जोरबिजोर हटाउन सिफारिस

भोलिदेखि यातायातमा जोरबिजोर हटाउन सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • १८:१३:२९ बजे
  • 640
    SHARES
  • भोलिदेखि यातायातमा जोरबिजोर हटाउन सिफारिस

    कोभिड–१९ निर्देशक समिति (सीसीएमसी)ले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

    images

    समितिको आइतबार बसेको बैठकले सोमबार (माघ २४)देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि कोरोनाको जोखिमलाई देखाउँदै ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो । चौतर्फी आलोचना भएपछि सार्वजनिक सवारीसाधनमा कायम जोर बिजोर भने हटाइएको थियो ।

    त्यस्तै समितिले शिक्षा मन्त्रालयलाई १२ वर्षभन्दा कम उमेरका विद्यार्थीका लागि विद्यालय आलोपालो दिनमा खोल्न सिफारिस गरेको छ ।

    जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार आवश्यक निर्णय गर्न सक्ने पनि प्रवक्ता सुनिता नेपालले बताइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology