Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमिक्रोन संक्रमणबाट मार्न थालेपछि .....

ओमिक्रोन संक्रमणबाट मार्न थालेपछि .....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७८ सोमवार • ०८:४८:५७ बजे
  • 856
    SHARES
  • ओमिक्रोन संक्रमणबाट मार्न थालेपछि .....

    नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ।

    images

    आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो। कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनलाई कम घातक भनिएका बेला नेपालमा भने ओमिक्रोन संक्रमण बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ।

    सरकारले दीर्घरोगी, वृद्धवृद्धा र कोरोनाको खोप नलगाएको मृत्यु भएको भने पनि पछिल्लो तीन सातादेखि मृत्यु हुनेको संख्या बढेको तथ्यांकले देखाएको छ। यसले सर्वसाधारणमा त्रास पैदा गराएको छ। संसारभरका विज्ञहरूले डेल्टा र अन्य भेरियन्टको तुलनामा छिटो संक्रमण गर्ने भए पनि ओमिक्रोनले मृत्यु निम्ताउँदैन भनिरहेका छन्।

    नेपालमा मात्र होइन ओमिक्रोन फैलिएका अन्य देशमा पनि कोरोनाका बिरामीको मृत्यु संख्या भने घटन सकेको छैन। नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ।

    आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो। त्यस्तै शुक्रबार ११ जनाको मृत्यु भएकामा बिहीबार यो संख्या १४ पुगेको थियो। चिकित्सकहरू भने कोरोना संक्रमण व्यक्तिको मृत्यु हुनुमा ओमिक्रोन भेरियन्ट मुख्य कारण नभएको दाबी गर्छन्। ओमिक्रोन संक्रमित व्यक्तिहरूमध्ये दीर्घ रोगी भएकाको मात्रै मृत्यु भएको चिकित्सकको दाबी छ।

    टिचिङ अस्पताल महाराजगञ्जका वरिष्ठ श्वासप्रश्वास तथा छातिरोग विशेष डा. सन्तकुमार दासका अनुसार केही सातादेखि टिचिङ अस्पतालमा भर्ना भइ मृत्यु हुनेमा धेरै जसो दम, क्यान्सर, मुटुरोग, कलेजोका बिरामी छन्। उनीहरू अन्य रोग लागेर उपचारमा आउने गरेको र त्यसक्रममा परीक्षण गर्दा कोरोना पनि देखिएको हो।

    समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology