Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम

आजको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७८ मंगलवार • ०९:३५:५४ बजे
  • 1.1K
    SHARES
  • आजको मौसम

    देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।

    images

    आज बिहान तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

    प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राति पूर्वी तथा पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानमा हल्का हिमपात हुने महाशाखाले आँकलन गरेको छ ।

    बुधबार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    बुधबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश १ का पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology