नेपालमा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ५ सय ८७ पिसिआर परीक्षणका क्रममा १ हजार १८४ जना र ४ हजार १०५ एन्टिजेन परीक्षणका क्रममा ७७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मंगलबार थप ५ हजार १०३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख २० हजार ५९२ जना निको भएका छन् । हाल नेपालमा ३६ हजार १ सय ८१ सक्रिय संक्रमित आइसोलेसन र १४० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।