Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मौसम: यी क्षेत्रमा वर्षाको सम्भावना

मौसम: यी क्षेत्रमा वर्षाको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७८ बुधवार • ०९:५६:१३ बजे
  • 1.2K
    SHARES
  • मौसम: यी क्षेत्रमा वर्षाको सम्भावना

    आज फेरि मौसममा खराबी आएको छ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

    आज राती सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी,बागमती र प्रदेश १ मा वर्षाको सम्भावना छ । बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

    ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # वर्षाको सम्भावना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology