रेलिगेसन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड मंगलबार राति १–१ को बराबरीमा रोकिएको छ ।
वर्नलीको घरेलु मैदानमा सुरुवाती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमायो । पाउलो पोग्वाले १८औँ मिनेटमा गरेको गोलसँगै युनाइटेडले अग्रता बनाएको थियो ।
तर, घरेलु टोलीका जय रोड्रिगुयजले ४७औँ मिनेट बराबरी गोल गर्दै टोलीको संकट टारे । खेलको दोस्रो हाफको ६८औँ मिनेट क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरेपनी कुनै जादु देखाउन सकेनन् ।
बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंकसहित पाँचौँ स्थानमा छ । वर्नली भने २० खेलबाट १४ अंकसहित पुछारमा रहेको छ ।
राति नै भएको खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३–१ तथा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १० ले पराजित गर्दै शीर्ष चारमा उक्लियो । लिगमा २३ खेलबाट ५७ अंक सहित म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।