Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २४०१ जनामा कोरोना पुष्टि, १४ संक्रमितको मृत्यु

थप २४०१ जनामा कोरोना पुष्टि, १४ संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७८ बुधवार • १७:०५:१८ बजे
  • 694
    SHARES
  • थप २४०१ जनामा कोरोना पुष्टि, १४ संक्रमितको मृत्यु

    मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ८५१ जना र ४ हजार ७५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ७७७ जना संक्रमितहरु निको भएका छन्, भने १४ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    सोही अवधिमा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ३० हजार २४१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # १४ संक्रमितको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology