Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्याक्सिन

नेपालमा चीन, रुस र बेलायतले विकास गरेको भ्याक्सिन तेस्रो चरणको क्लिनिकल परीक्षणको प्रकृया सुरु

नेपालमा चीन, रुस र बेलायतले विकास गरेको भ्याक्सिन तेस्रो चरणको क्लिनिकल परीक्षणको प्रकृया सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • १३:२२:३५ बजे
  • 1.6K
    SHARES
  • नेपालमा चीन, रुस र बेलायतले विकास गरेको  भ्याक्सिन तेस्रो चरणको क्लिनिकल परीक्षणको  प्रकृया सुरु

    नेपालमा चीन, रुस र बेलायतले विकास गरेका कोरोनाविरुद्धको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल परीक्षणको पहल सुरु भएको छ । कोरोना भारइसविरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको जनाएको छ ।

    images
    परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए। उनले चीन, रुस र बेलायतका तेस्रो चरणमा पुगेका भ्याक्सिन परीक्षणका लागि प्रक्रिया सुरु गरेको बताए पनि कुटनीतिक पहल भने सून्य नै छ ।

    नेपालमा परीक्षण गर्नका लागि परिषद्ले अक्सफोर्ड विश्व विद्यालयले उत्पादन गर्ने भ्याक्सिनको परीक्षणका लागि प्रारम्भिक छलफल गरको छ । चीन र रसियामा उत्पादन हुने भ्याक्सिनको परीक्षणका लागि पनि प्रयास भइरहेको डा.ज्ञवाली बताउँछन् ।

    स्वास्थ्य मन्त्रालयको कमजोर कुटनीति

    चीन, रसिया र बेलायती कम्पनीले तेस्रो चरणको परीक्षणका लागि पहल गरे पनि परिषद्ले मात्र अहिले प्रारम्भिक प्रक्रिया अगाडि बढेको जनाएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यो विषयमा अहिलेसम्म सामान्य छलफलसमेत नगरेको एक वरिष्ठ अधिकारीले नागरिकखबरलाई जानकारी दिए ।

    स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ चिकित्सक भन्छन्, 'तेस्रो चरणमा पुगेका भ्याक्सिन नेपालमा पनि परीक्षणका लागि हामीले कुटनीतिक पहल गर्नुपर्थ्यो । तर, हाम्रो नेतृत्व यसमा गम्भीर देखिएन । ती कम्पनीले नै धेरै समयदेखि परीक्षणका लागि पहल गरे पनि हाम्रो नेतृत्वले यो विषयमा छलफलसमेत गरेन । परिषद्लाई सबै जिम्मेवारी दिएर हुँदैन भन्ने नेतृत्वले बुझेन ।'

    दक्षिण एसियाका बंगलादेश, भारत र पाकिस्तानमा तेस्रो चरणको क्लिनिकल परीक्षण भइरहेको छ । स्वास्थ्य मन्त्रालयका ती अधिकारी भन्छन्, 'कोरोनाले भयावह अवस्था आइ नै सक्यो । अहिले नै काठमाडौंका धेरै संक्रमित घरमै बस्नुपर्ने अवस्था देखिएको छ । सरकारले बल्ल तयारी गर्दैछ । यस्तो अवस्थामा अध्ययन गरेर प्रभावकारी मानिएका मध्ये सबैभन्दा राम्रो भ्याक्सिनको तेस्रो चरण गर्नुपर्थ्यो । नेतृत्वले यस्ता कुरा सुन्नै चाहन्न ।'

    भारतले आफ्नै र बेलायतको अक्सफोर्डको भ्याक्सिन परीक्षण गरिरहेको छ । उनी भन्छन्, 'बंगलादेशमा चीनको भ्याक्सिन परीषण भइहेको छ । पाकिस्तानले पनि आफ्नोसँगै चिनियाँ भ्याक्सिन प्रयोग गरिरहेको छ । भारतले आफ्नो र बेलायतको भ्याक्सिन परीक्षण गरेको छ । चीनले गरेको भ्याक्सिन परीक्षण त्यहाँको सेनामा प्रयोग गर्दा सफल देखिएको छ । रुसी राजदूतले त आफैले पहल गरिरहेका छन् ।'

    अहिलेसम्मको अवस्था हेर्दा नेपालमा चीनको भ्याक्सिन परीक्षण सजिलो र प्रभावकारी हुने वरिष्ठ चिकित्सकको प्रतिक्रिया छ । उनी भन्छन्, 'अहिलेसम्म हेर्दा चीनसँग कुटनीतिक पहल हुनुपर्छ । त्यो तत्काल सम्भव हुन्छ । अन्यको तुलनामा चिनियाँ भ्याक्सिन सुरक्षित पनि छ । जनतालाई जोगाउने कुरामा सहयोग लिन पनि पहल नगर्ने र हामीले भनेका कुरा पनि नसुन्ने नेतृत्वका कारण हामी समस्यामा पर्दै गयौँ । दसैँ र तिहारको समयमा नेपालमा भयावह अवस्था हुन्छ ।' 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology