नेपालमा थप १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ८८० पिसिआर परीक्षणका क्रममा १ हजार १३ जना र ३ हजार एन्टिजेन परिक्षणका क्रममा ३५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८६४ जनाको मृत्यु भएको छ ।
बिहीबार थप २ हजार २३८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३० हजार ६०७ जना निको भएका छन् । हाल नेपालमा २९ हजार ४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।