Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्रष्टाचारसम्बन्धी २४ हजार बढी उजुरी

भ्रष्टाचारसम्बन्धी २४ हजार बढी उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • १०:३९:४४ बजे
  • 1.4K
    SHARES
  • भ्रष्टाचारसम्बन्धी २४ हजार बढी उजुरी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा परेका २४ हजार १ सय ९० उजुरीमध्ये १५ हजार ५ सय ४७ उजुरी फस्र्योट गरेको छ ।

    images

    आयोगमा गत वर्षको २७ माघदेखि २०७८ को माघसम्म १४ हजार १ सय १६ उजुरी परेको थियो । यस्तै, अघिल्लो वर्षबाट १० हजार ७४ वटा उजुरीको जिम्मेवारी सरेर आएको थियो ।

    जिम्मेवारी सरेर आएकासहित २४ हजार १ सय ९० उजुरीमध्ये १५ हजार ५ सय ४७ वटा उजुरी फस्र्योट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

    सहायक प्रवक्ता भण्डारीले कोभिड १९ का बाबजुद पनि अख्तियारले उल्लेख्य रूपमा उजुरीहरू फस्र्योट गर्न सफल भएको बताए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology